विराटनगर । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जना पक्राउ गरेको छ। विभिन्न मिति र समयमा मोरङका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न रहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले को ३० प ७६९२ नम्बरको आर१५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाइकल चोरीमा संलग्न रहेको व्यक्तिलाई पक्राउ गरेकोको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ को प्रकाश सरदार, धनपालथान गाउँपालिका वडा नं.५ बस्ने वर्ष २० को दीपेश कुमार सरदार, धनपालथान गाउँपालिका ६ बस्ने वर्ष २१ को विजय सहनी, वर्ष २५ को जितेन कुमार राय र विराटनगर महानगरपालिका ८ बस्ने वर्ष २० को रोहित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विराटनगरमा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेकाहरूको खोजीलाई प्रहरीले तीव्र बनाएको जनाएको छ।