इटहरी । नेपाल शिक्षक सङ्घको ३४ औं स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ।
शिक्षक सङ्घको स्थापना दिवसको अवसरमा २०८० मा शिक्षक सेवा आयोगबाट उत्र्तीण भएका नवप्रवेशी शिक्षक, पछिल्लो समय जिल्लाभरका विभिन्न विद्यालयमा नियुक्त भएका प्रधानाध्यापक, अरु बाहिरका जिल्लाबाट सरुवा भएर सुनसरी आएका शिक्षकलाई सम्मान गरिएको नेपाल शिक्षक सङ्घ सुनसरी सचिव रोवनराज कार्कीले जानकारी दिए ।
सम्मानित सवैलाईं नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापति केदार भणडरीले सम्मान गरेका थिए ।सम्मान कार्यक्रममा सभापति भण्डारीले समाज सुधार अभियानमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षकको प्रसंसा गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल, नेपाल ट्रेड यूनियन काङ्ग्रेसका केन्द्रीय उपमहासचिव ज्योती कोइराला, नेपाल शिक्षक सङ्घ कोशीका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, नेपाल शिक्षक सङ्घ कोशी अर्थ महासचिव इन्दिरा कट्वाल, नेपाल शिक्षक सङ्घ निवर्तमान संघीय सदस्य रेणुका पोखरेल, नेपाल शिक्षक सङ्घ कोशी प्रदेश निवर्तमान उपमहासचिव सीताराम कोइराला, नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापति प्रमोद भट्टराईं, जनता बहुमुखी क्याम्पस इटहरीका स्ववियू सभापति सहदेव काफ्लेलगायतले बोलेका थिए । कार्यक्रम नेपाल शिक्षक सङ्घ सुनसरीका अध्यक्ष वेणु सिग्देलको सभापतित्वमा भएको थियो ।