विराटनगर । कश्यप गोत्रीय गजाधर अधिकारी कुल देवता सेवा समाज, सुनसरीले जग्गादाता परिवारलाई सम्मान गरेको छ ।संस्थाको प्रयोजनका लागि जग्गा प्रदान गर्ने आजीवन सदस्य एवं जेष्ठ नागरिक पूर्णबहादुर अधिकारी सहित उनी छोरी सरस्वती अधिकारी कार्कीलाई आइतबार दोसल्ला, खादा, फूलमाला र अबिरसहित सम्मान गरिएको हो । पूर्णबहादुरको परिवारले मोरङको बुढीगंगा गाउ“पालिका वडा नं. ४ स्थित गोकुवामा संस्थाको प्रयोजनकालागि दुई कठ्ठा जग्गा प्रदान गरेका छन् ।
गोकुवामा अधिकारी बन्धुहरूको सामूहिक गोठधूप र कुलपूजा (देवाली)का लागि हालै शिलान्यास गरिएको क्षेत्रपाल रूमाल बिन्ध्याबासिनी मन्दिरको नियमित आन्दानीको स्रोतका लागि पूर्णबहादुर परिवारका तर्फबाट जग्गा प्रदान गरिएको समाजका अध्यक्ष हेमप्रसाद अधिकारीले बताए ।
खोटाङको ऐ“सेलुखर्क गाउ“पालिका वडा नं. ६ अन्तर्गत साविक ज्यामिरे गाउ“ विकास समितिको वडा नं. ८ ज्यामिरे र वडा नं. ९ धुलपुरे पुख्र्यौली थातथलो भएका गजाधर अधिकारीका सन्ततीद्वारा सामूहिक गोठधूप र कुलपूजाका लागि मन्दिर निर्माण गर्न लागिएको उनले बताए ।
हाल छोरी सरस्वतीस“गै काठमाडौंमा बस्दै आएका जग्गादाता पूर्णबहादुरले मन्दिरको नियमित पूजाआजाका साथै संस्थाको स्थायित्वका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो परिवारका तर्फबाट घोषणा गरेबमोजिमको जग्गा हस्तान्तरण गरिदिएको बताए । मन्दिर निर्माणका लागि समेत आफ्नो परिवारका तर्फबाट यथाशक्य आर्थिक सहयोग उपलब्ध गराउन प्रतिबद्धतासमेत उनले ब्यक्त गरे ।
खोटाङबाट बसाईं सरेर हाल सप्तरी, सुनसरी र मोरङका विभिन्न क्ष्ँेत्रमा बसोबास गर्दै आएका गजाधर अधिकारीका सन्ततीको पहलमा सामूहिक गोठधूप र कुलपूजाका लागि बिन्ध्याबासिनीको मन्दिरसहितको भौतिक संरचना निर्माणको तयारी भइरहेको समाजका अध्यक्ष अधिकारीले बताए ।
मन्दिरसहितको भौतिक संरचना निर्माण र सञ्चालनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गजाधर अधिकारीका नौभाइ छोरामध्ये खन्तरेतर्फका काहि“ला छोरा पूर्णबहादुर परिवारका तर्फबाट सहयोग स्वरूप दुई कठ्ठा जग्गा प्राप्त भएको उनले जानकारी दिए ।
गोकुवामा मन्दिर निर्माणका लागि पूर्णबहादुरकै साहि“ला दाजु कटकबहादुर परिवारका तर्फबाट यसअघि नै करिब दुई कठ्ठा जग्गा प्राप्त भइसकेको संस्थाका सचिव चन्द्रलाल अधिकारीले बताए । उनका अनुसार हाल बेलायतमा बसोबास गर्दै आएका कटकबहादुरका माहिला छोरा खेमराज अधिकारीको नाममा दर्ता कायम रहेको जग्गा सहयोग स्वरूप प्राप्त भएपछि मन्दिरलगायतका भौतिक संरचना निर्माणका लागि आर्थिक संकलन भइरहेको छ ।
सामूहिक गोठधूप र कूलपूजालाई व्यवस्थित बनाउ“दै भावी पुस्तालाई पुख्र्यौली संस्कार हस्तान्तरण गर्ने उद्देश्यले संस्थाका सदस्य खिलाराज अधिकारीको संयोजकत्वमा पा“च सदस्यीय समिति गठन गरी मन्दिरलगायतका भौतिक संरचना निर्माणको जिम्मेवारी दिइएको उनले बताए ।
संस्थाका आजीवन सदस्य, गजाधरका सन्ततीका साथै भाइबन्धु र शुभेच्छुकहरूबाट समेत आर्थिक सहयोग संकलन गरी मन्दिरलगायत आवश्यक भौतिक संरचना निर्माणको योजना रहेको अध्यक्ष अधिकारीले बताए ।
संस्थाका सदस्य गणेश अधिकारीका तर्फबाट सुनसरीको सोनापुरमा जग्गा प्राप्त भएपछि संस्था दर्ता गरेर भाइबन्धुहरूलाई संगठित गर्दै संस्थागत स्वरूपमा क्रियाशील भइरहेको उनले बताए ।
सम्मान कार्यक्रममा संस्थाका पदाधिकारी लगायत भाइबन्धुहरूको उपस्थिति रहेको थियो ।