सुनसरी । सोल्टी ग्रुपले सुनसरीको इटहरीमा ५ तारे होटल सञ्चालनमा ल्याएको छ । काठमाडौ बाहिर हस्पिटालिटी व्यवसायलाई विस्तार गर्ने उद्देश्यले इटहरीमा सोल्टी वेस्टेन्डको सुरुवात गरेको ग्रुपका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।
२०७२ सालबाट निर्माण शुरु भएको होटल गरिमाको स्वमित्व र सोल्टी होटलको व्यवस्थापन र सन्चालनमा ५ तारे होटलको जेठ ३ गतेबाट सेवा शुरु हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सोल्टी ग्रुपको आफ्नै लगानीमा काठमाण्डौको सोल्टीमोड स्थित सोल्टी होटल र नेपालगञ्ज स्थित सोल्टी वेस्टइन्ड प्रिमियर पाँचतारे होटल सञ्चालनमा छ । पछिल्लो समय सोल्टी ग्रुपले व्यवस्थापन मोडलमा काम गर्ने योजना अनुरूप इटहरीमा सेवा सुरु गरेको बताइएको छ । सातै प्रदेशमा सोल्टी ब्रान्डका होटल खोल्ने अवधारणा अनुरुप गरिमा होटलको स्वामित्व सोल्टीले लिने सम्झौता अनुसार कोशी प्रदेशमा सेवा सुरु गरेको चापागाईले बताए ।
अरू कसैको स्वमित्व भएको होटलमा व्यवस्थापन गर्ने र ब्रान्ड दिने मोडल नै व्यवस्थापन मोडल हो । करिब २ अर्वको लगानीमा २०७२ सालबाट निर्माण शुरु भएको गरिमा होटल व्यवस्थापनको जिम्मा एक बर्ष अगाडी सोल्टीले लिने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सोल्टी होटलले ब्यवस्थापनको जिम्मा लिएको गरिमा होटल प्रालिका अध्यक्ष भिम बहादुर पौडेलले बताए ।
सोल्टी पहिलो लिड सर्टिफाइड होटल हो । यसले लिड सर्टिफाइड फ्रम युएस ग्रीन बिल्डिङ काउन्सिलबाट सर्टिफिकेट पाएको र सोल्टी वेस्टेन्डको सेवा शुरूवातले कोशी प्रदेसमा अन्तरास्ट्रियस्तरको सेवा पाउने चापागाईको भनाई छ ।
होटलमा ८० वटा कोठा रहेको र नविनतम अवधरणाका रेस्टुरेन्टहरु, सुबिधा सम्पन्न छुट्टै भोजन कक्ष, फिटनेस, सवाना वाथ, स्पा लगायतको सुबिधा समेत रहने छ । यस्तै होटलमा सेमिनार हल, बैठक कक्ष, बहुउद्देश्यीय सभा कक्षाको व्यवस्था समेत रहेको होटलले जानकारी दिएको छ ।
होटलमा १ सय बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।