विराटनगर । कोसी प्रदेश सभाको बैठक आव्हान गर्ने निर्णय गरेको छ । आगामी ज्येष्ठ १४ गतेलाई प्रदेश सभाको बैठक बोलाउने मन्त्री परिषद्ले निर्णय गरेको हो । सोमबार बसेको कोसी प्रदेश मन्त्री परिषद्को बैठकले बर्खे तथा बजेट अधिवेशन बोलाउन कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको कोसी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।jeth 8 cabi आजको बैठकले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिया, उनले भने,  सरकारले गरेको निर्णयको बारेमा सोमबार नै प्रदेश प्रमुख ज्युलाई जानकारी गराई सकिएको छ।’  सरकारले प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेस गर्ने पनि निर्णय गरेको छ।  त्यस्तै स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश  २०८० लाई पनि प्रदेश सभामा पेस गर्ने निर्णय भएको  प्रवक्ता सिटौलाले बताए