विराटनगर । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादी र प्रहरी बिच झडप भएको छ । प्रहरी र प्रर्दशनकारी बीच झडका कारण स्थिती तानावग्रस्त बनेको छ ।
प्रदेश सभा छेउको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रर्दशनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । भिड अनियन्त्रीत बन्न थालेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर केही घाईते भएका छन् । घाईतेहरुलाई नजिकको अस्पताल लगिएको छ ।
कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आजको प्रदेश सभालाई विथोल्न प्रर्दशनलाई रोक्न प्रहरीले विहानै २३ जनालाई नियन्त्रणमा लिएको थियो ।