कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । २ बजेर २० मिनेटमा प्रदेशसभा बैठक सुरु भएको हो । अहिले दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।
बाहिर भने कोशी नामकरणको विरोधमा पहिचानवादीहरुले प्रदर्शन गरिरेहका छन् । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
देवकोटा चोकमा प्रर्दशनकारी र प्रहरी बिच झडप भएको छ । प्रर्दशनकारीले हानेको ढुंगाले लागेर एक प्रहरी जवानको टाउको फुटेको छ । अन्य केही प्रहरी घाईते भएका छन् । प्रर्दशनकारी तर्फ पनि घाईते भएका छन् । घाईते भएका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरी अस्पताल पठाएको छ ।
प्रर्दशनका क्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ पनि गरेको छ ।