विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोेले पहिचानको नाममा भइरहेको आन्दोलन तत्काल वार्ता र संवादबाट हल गर्न माग गरेका छन् । कोशी प्रदेश सभाको बैठकमा बोल्दै उनले सरकार अभिभावक भएकाले नामकरणमा भइरहेको आन्दोलनकोबाट पन्छिन नहुने बताए । उनले यत्रो आन्दोलन भइरहँदा पनि कोशी प्रदेशमा केही नभए जस्तो गरेर सरकार बसेको बताए । उनले भने यसरी चुप लगरे बसेर सरकार अभिभावक हुँदैन यो गलत भएको छ ।
नामकरणमा भइरहेको आन्दोलनलाई कमजोर ठानेर बल प्रयोग नगर्न आग्रह गरे । उनले पहिचानको नाममा भइरहेको आन्दोलनले ठुलो अशान्ति निम्तने भन्दै सवै दल र पार्टी जिम्मेवार हुनु पर्ने बताए । आन्दोलनमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अवस्थामा पनि समस्या समाधान गर्न सरकारका मुख्यमन्त्रीले अहिले सम्म सर्वदलीय र्वैठक समेत नराखेको बताए । उनले समस्या समाधान गर्न दलहरूसँग छलफल समेत नभएको भन्दै आक्रोश व्यक्त गरे ।
दलका नेता आंवोले वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सदैव सरकारलाई साथ दिने बताए । उनले आन्दोलनकारीलाई शान्ति खलबलाउने भन्दा पनि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आव्हान गरे । शान्तिपूर्ण आन्दोलन गर्ने हक सबैलाई छ आफ्ना माग राख्न पाइन्छ उनले भने, आन्दोलनका क्रममा आगजनी र तोडफोड नगरौँ ।
उनले अहिले सम्म प्रदेश सकारकारले गति लिन नसकेको आरोप लगाए । माओवादी केन्द्र सरकारको साझेदार दल भए पनि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एकलौटी रूपमा काम गरेको बताए । उनले सदनमा बोल्दै न्यूनतम साझा नीति तथा कार्यक्रम लागू नभएको बताए । न्यूनतम साझा नीति तथा कार्यक्रम कता पुग्यो मैले खोज्न नै छाडिदिए ।