विराटनगर । नेपाली काङ्ग्रेस कोशी प्रदेशका जिल्ला सभापतिहरुले प्रदेशको नाममा पुर्नविचार गर्न आग्रह गरेका छन । १४ वटै जिल्लाका सभापतिहरुले बिज्ञप्ती निकाल्दै नाममा पुनर्बिचार गर्न आग्रह गरेका छन ।

बिज्ञप्तीमा भनिएको छ  नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुर्नविचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं । बिज्ञप्तीमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउदै प्रदेशका जनता बान्दोलित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बिज्ञप्तीमा आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौं भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा

विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गरिएको छ  ।