विराटनगर । प्रदेश सभाकाे बर्खे अधिबेशनकाे दाेश्राे बैठकमा बाेल्ने संसदहरूले ततकाल बार्ताबाट काेशी प्रदेशकाे नामकरण पछि उत्पन्न समस्याको समाधान गर्न  आग्रह गरेका छन्  । प्रदेश सभाकाे बुधबारको बैठकमा प्रदेश सभा सदस्यहरूले अहिलेकाे अन्दाेलनलरत पक्षलाई वार्ताकाे माध्यमबाट समाधान निकाल्न  आग्रह  गरे ।

प्रदेश सभा सदस्य किशाेरचन्द्र दुलालले नामकरण पछि उत्पन्न परिस्थितिलाई बार्ताबाट समाधान गर्न  आग्रह  गरे । उनले प्रदेशकाे नामकरणपछि  प्रदेशका नेताहरूकाे दाेहाेराे भुमिका हुनु नहुने बताए । उनले तेह्रथुमको  ढाका कपडा प्रवर्द्धनका नीति लिइनु पर्नेमा जाेड दिए ।

प्रदेश सघा सदस्य केदार कार्कीले विपद् ब्यवस्थापन नहुदासम्म समृद्धि नअाउने बताए । काेशी प्रदेश नामाकरण पछि उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट  समाधान गरेर अघि बढ्न आग्रह गरे । सांसद खिनु लङ्वा लिम्बूले नागरिकको भावना र जनचाहना विपरित बहुमतले पारित भएको प्रदेशकाे नामकरण पछि, लुकेर, सुरक्षा लिएर  हिड्नु पर्ने अबस्था   आएको बताए  ।

अर्का सांसद जयप्रकाश चाैधरीले काेशी प्रदेशकाे पक्षमा ८२ जनाले मतदान गरेकाेमा सबै जिम्मेवार बन्नु पर्ने बताए । वार्ताकाे अाब्हान गरेकाे छ सबै दलहरूले सरकारलाई सहयाेग गर्नु पर्छ, उनले भने,  नामकरणमा हस्ताक्षर गर्ने अनि फरक अभिब्यक्ति दिन भन्दा समाधान गरेर जानू पर्छ ।

उदयपुरका संसद नारायणबहादुर मगरले काेशी कटान समस्या समाधान गर्न सरकारले उपलब्ध गराएकाे २ कराेडले काम हुँदै गरेकाे भएपनि प्रदेश  सरकार रहेकाे भन्ने अनुभुती  दिलाउनु पर्नेमा जाेड दिए ।

धनकुटाका सांसद निरन राईले नामकरण पछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेकाे बार्ताकाे अाब्हानलाई सकारात्मक रूपमा लिएर सहयाेग गर्नु पर्ने बताए । 

प्रदेश सभा सदस्य मिना श्रेष्ठले बहुमतकाे निर्णयलाई ८२ जनाले नै जिम्मेवारी लिएर समस्या समाधानमा लाग्न अाग्रह गरिन् । उनले एमालेले हिंसा निम्त्याउन खाेजेकाे भन्दै प्रदेश सभा भित्र गलत प्रचार गर्ने काम तत्काल राेक्न र त्यस्ता अभिब्यक्ति फिर्ता लिन अाग्रह गरिन् ।

एशाेदा कायस्थले युवालाई  स्वदेशमै राेजगारी दिने खालकाे निति लिन उनले सरकारलाई  अाग्रह गरिन् । उनले  सुत्केरीलाई निशुल्क एम्बुलेन्स, स्थानीय तह नै ब्लड बैक स्थापना गर्नुपर्नेमा जाेड दिईन ।

रामकुमार खत्रीले कटारी अस्पताल १५ बेडकाे अस्पताललाई ५० बेडकाे प्रदेशिक अस्पताल बनाउनु पर्ने र घुर्मि कटारी सडक सतराेन्नति गर्नुपर्ने माग राखे ।

प्रदश सभा सदस्य विद्या चाम्लिङ राई, गितारानी महताेले कृषि क्षेत्रलाई ब्यबस्थित गरि कृषिलाई प्राथमिकता दिन अाग्रह  गरिन् ।  सांसद माेहन  मानन्धरले मेची अस्पतालकाे नाम परिवर्तन र अायुर्वेदिक अस्पताललाई पुर्ण संचालन ल्याई स्तराेन्नति गर्न अाग्रह गरिन् ।