सुनसरी । सुनसरी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुबिधा सम्पन्न बहुउदेश्व सभाहल तथा कवर्डहल निर्माण गरी सञ्चालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरी परिशरमा निर्माण सम्पन्न गरिएको सभाहल तथा कवर्ड हलको कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरका प्रहरी नायब महानिरिक्षक राजेशनाथ बास्तोलाले शुक्रबार उद्धघाटन गरे ।
५३ लाख १५ हजार रुपैया लागत रहेको उक्त सभाहल कार्यलयका प्रहरी कर्मचारीले श्रमदान गरेकाले ३८ लाख ६९ हजार रुपैयामा निर्माण सम्पन्न भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
२ सय ५० जना मानिस अटाउने क्षमता रहेको सभाहलमा आवश्यकता अनुसार ब्याडमिन्टन खेल समेत खेल्न मिल्ने बताइएको छ । २९०२ दशमलव ५० बर्ग फिट क्षेत्रफलमा फैलिएको उक्त सभाहल चार महिनामा निर्माण सम्पन्न भएको ढकालले बताए ।
उक्त सभाहल प्रहरी कार्यलयको रेखदेख र नियन्त्रणमा रहने गरी पूर्व स्विकृती लिएर सर्वसाधारण तथा अन्य सरकारी कार्यलयले समेत प्रयोग गर्न पाउने प्रहरीले जनाएको छ ।