इटहरी । इटहरीमा रहेको होटल ईन टुरीष्टले चौथो बार्षिक उत्सव मनाएको छ । शुक्रबार इटहरी ६ संगित चौकस्थित होटलमा चार बर्ष पूरा गरी ५ औ बर्ष लागेको उपलक्षमा एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो ।

उद्योग बाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भीम बहादुर पौडेलले केक काट्दै होटल ईनटुरीष्टले इटहरीबाट प्रदान गर्दै आएको सेवा उत्कृष्ट रहेको बताए । बार्षिक उत्सब कार्यक्रममा बोल्दै होटलका प्रबन्धक निर्देशक मिसन पराजुलीले ब्यवसायीक पर्यटनको केन्द्र बन्दै गइरहेको इटहरीमा सम्पुणर् सेवा सुविधा सहितको होटलको रुपमा परीचित रहेको बताए ।

होटलका अध्यक्ष जीवन पराजुलीले ग्राहकहरुको सेवा नै आफ्नो मुल उदेश्य रहेको बताउदै होटललाई अहिलेको अबस्थासम्म आईपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । तारे होटलको सुविधा रहेको उक्त होटलमा ५५ जना पाहुनाहरू अट्ने एसीसहितको सेमिनार हल रहेको जनाइएको छ ।

विभिन्न २३ कोठाहरू भएको होटलमा पार्किङको सुविधा समेत भएको प्रवन्धक निर्देशक पराजुलीले जानकारी दिए ।