विराटनगर  । विराटनगर जेसीजको आयोजनामा विद्यालय स्तरीय एक दिने नाटक प्रतियोगिता विराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । विद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।  प्रतियोगितामा  प्रथम हुँदै जे.सी. बाल सदनले १० हजार,  द्वितीय हुँदै बुढानिलकण्ठ स्कुलले  ७ हजार ५ सय र तृतीय हुँदै एभरेस्ट स्कुलले नगद  ५ हजार नगद तथा प्रमाण पत्र र शिल्ड प्राप्त गरेको विराटनगर जेसीजका अध्यक्ष अविनाश थापाले जानकारी दिए ।
विराटनगर क्षेत्रका विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताले नयाँ पुस्तालाई वातावरण संरक्षणमा जोड्नका लागि आयोजना गरिएको जनाइएको छ।  विराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्कीले बालबालिका मार्फत हुने सिकाइले समाज रूपान्तरणमा भूमिका खेल्ने बत्ताइन् ।  सहभागी सबैलाई एक बिरुवा उपलब्ध गराएर ५०० जनाले बृक्षरोपण गरेको कार्यक्रम संयोजक सन्देश कोइरालाले बताए । कार्यक्रममा विराटनगर  जेसीज पुर्व अध्यक्ष क्लबका अध्यक्ष देवेश प्रधान,  वातावरण विद्  शाहिल श्रेष्ठ र कलाकार सुनिता घिमिरेले निर्णायकको भूमिका निभाएका थिए ।