विराटनगर । कोशी प्रदेशमा  जैविक विविधता संरक्षणकोलागि ४२ लाख अमेरिकी डलर  रकम स्वीकृत भएको छ । कोशी प्रदेश सरकारले जिम्मेवारी प्रदान गरेपछि पर्यटन वन तथा वातावरण मन्त्री बुद्धिकुमार राजभण्डारीले पदभार ग्रहरण गर्दै संघीय सरकारको  वन तथा वातावरण मन्त्रालय,  प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय र संयुक्त  राष्ट्रसंघको एओ परियोजनाको त्रिपक्षीय सम्झौतामा शुरु हुने विविधता संंरक्षण कार्यक्रम स्वीकृत गरेका हुन् ।  कार्यक्रम स्वीकृत भएसँगै हिमाली र मध्य पहाडी जिल्लाहरुलाई लक्षित गरि यो कार्यक्रम शुरु हुने ।  हिमाली र मध्य पहाडी जिल्ला अन्तर्गत  जैविक विविधताकालागि संयुक्त राष्ट्रसंघको विशेष संस्था  एओ मार्फत करिव ४२ लाख अमेरिकी डलर अर्थात करिब ५६ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सरकारले प्राप्त गरेको हो । मन्त्रीमा नियुक्त भएर आएपछि राजभण्डारीले  पहिलो निर्णय नै जैविक विविधता संरक्षणको  अमेरिकी डलर ४२ लाखलाई स्वीकृत प्रदान गरेका हुन् ।  budhikumar rajbhandari (2)मन्त्री राजभण्डारीले आजैदेखि पर्यटन वन तथा वातावरण मन्त्रालयको थप जिम्मेवारी पाएका छन्  । उनी  कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् ।   सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको तथा मन्त्रीहरू फिर्ता बोलाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  कार्यबिभाजन तोकेका हुन् । माओवादीले सम्हाल्दै आएको वन वातावरण मन्त्रालयमा जीवन आचार्यले मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेका दुर्गाप्रसाद चापागाईँले पनि राजीनामा दिएपछि त्यस मन्त्रालयको जिम्मेवारी उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई दिइएको छ। सिटौलाले पनि आजै भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन् ।