इटहरी । इटहरी उपमहानगरपालिकाले बाढि तथा डुबानको समयमा हुने क्षतिको न्यूनिकरणका लागि वडा स्तरमा तालिम दिन सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाले वडा नम्बर ८का युवाहरुलाई बाढि तथा डुबानबाट बच्ने उपायका बारेमा जेष्ठ २३ देखी ३ दिन सम्म प्रशिक्षण दिएको हो । 

इटहरीको युवा विकास केन्द्रमा वडाका प्रत्येक टोलबाट २ जनाका दरले करिब ४५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा आएका युवाहरुले आ आफ्नो ठाउँका बाढि तथा डुबानमा समस्याको बारेमा जानकारी गराएका थिए । वडा भरीका समस्याको बारेमा प्रशिक्षण कक्षामा छलफल गर्दै कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भनेर उपायहरुको  खोजी गरिएको थियो । 

प्रशिक्षणलाई इटहरी उपमहानगरपालिकाका वातावरण इन्जिनियर युगदिप लुईटल, युवा विकास केन्द्रका निराजन खड्का र सोनु जयन्तीले सहजिकरण गरेका थिए । 

इटहरीमा वाढीको समस्या बर्षाै देखि रहदै आएकाले बाढी वाट हुने क्षति कम होस् भनेर तालिमको आयोजना गरीएको युवा स्रोत विकास केन्द्र इटहरीका कार्यकारी निर्देशक निराजन खड्काले जानकारी दिए । 

तालिमको क्रममा इटहरी वडा नं ८ का प्रत्येक टोलका समस्याहरुको बारेमा जानकारी भएको साथै उक्त समस्यालाई कसरी न्युनिकरण गर्ने भनेर उपाय पनि दिईएको प्रशिक्षक समेत रहेका खड्काले बताए । talim itahari 8 1