सुनसरी । इटहरीमा आज सांझबाट हुने मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिताको सम्पूणर् तयारी पुरा भएको छ । जेठ ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले सांझ ६ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी ६ वटै टिम इटहरी आईसकेको जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रम थापाले जानकारी दिए ।
यो प्रतियोगिताले खेलकुदको माध्यमबाट इटहरीको पर्यटनमा थप टेवा पुग्ने आशा गरिएको होटल ब्यवशायी छत्र तिम्सिनाले बताए ।
प्रतियोगिता बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । बिभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ सहित बागमती, लुम्बीनी र कोशी प्रदेश टिम सहभागी छन ।
कुल २५ लाख रुपैया खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।
यसअघि प्रतियोगिता जेठ १८ देखी २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहेपनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाई भएको हो ।
मुख्यमन्त्री पुरुष राष्टिय भलिबल प्रतियोगिता भने गत बैशाख १४ देखी १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ ।