इटहरी । इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दीप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाइएको छ । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालिको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दीप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाइएको हो ।

     इटहरी उपमहानगरकी उमेयर संगिता चौधरीले उद्घाटन गरेको र्याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरु भएर इटहरीको आइतबारे, इटहरी चौक हुँदै कार्यालयमै आएर समापन भएको थियो ।

    विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको मानव कल्याण समाज इटहरीका प्रमुख तथा कार्यक्रम संयोजक देव नारायण चौधरीले जानकारी दिए ।  यौनिक तथा अल्पसंख्यक समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि कार्यक्रम आयोजना गरिएको चौधरीले बताए । 

त्यस्तै निल हिरा समाज प्रदेश समिति अध्यक्ष मुस्कान श्रेष्ठले आजको समाजले नकरात्मक सोचलाई बदल्न सक्ने र सरकारलाई पनि यस समुदायबारे सोच्न बाध्य बनाउने बताईन ।