विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल माथि विद्यार्थीहरूले कालोमोसो दलेका छन् । लामो समयदेखि राखेका विभिन्न माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई विद्यार्थीहरूले कालो मोसो दलेका हुन् । पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगमा राखेका माग सम्बोधन नभएको विद्यार्थी नेताहरू बताउँछन् ।
शन्तिपूर्ण आन्दोलनरत रहँदा पनि भिसि कार्यालयसँग वार्ता भएपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्था दगरेका कारण कालो मोसो दल्नुपरेको विद्यार्थीहरुले बताएका छन् । नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलका अनुसार पाँच महिनासम्म पनि सेवा आयोगका अध्यक्षले संवाद गर्न नचाहेका कारण कालो मोसो दलिएको हो ।।