विराटनगर । कोशी प्रदेश सरकारलले आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेट सार्बजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मान्त्रालयबाट आगामी आर्थिक बर्षको बजेट सार्बजनिक भएको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यादेश मार्फत बजेट सार्र्बजनिक गरिरहेका छन् । प्रदेश सरकारले सार्बजनिक गरेको बजेटमा कृषि क्षेत्रको प्रवद्र्धन तथा संचालनकोलागि २ अर्ब ७ करोड बजेट बिनियोजन गरिएको जानकारी दिईएको छ । उनले कृषि क्षेत्रको विकासकालागि प्राथमिकतामा राखिएको बताए ।