विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रदेश सरकारले ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रको बजेटमा ३ अर्ब ७ करोड २७ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । पोषण कार्यक्रमको लागि ५ करोड व्यवस्थापन गरिएको छ भने प्रदेश मातहतमा रहेका जिल्ला अस्पतालहरूको सुधारको लागि प्रदेश सरकारले बजेटलाई प्राथमिकतामा राखेको छ। सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम सञ्चालन तथा विशेषज्ञ सेवा विशेष कार्यक्रम बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानसँग सहकार्य गरिने बजेटमा उल्लेख छ ।