विराटनगर । कोशी प्रदेश सरकारले शिक्षा, खेलकुद तथा धार्मिक सांस्कृतिक क्षेत्रको लागि झन्डै २ अर्ब बजेट विनियोजन गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दै शिक्षा, खेलकुद र धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि १ अर्ब ७९ करोेड ३३ लाख बजेट विनियोजन गरेका हुन् । मुख्यमन्त्री कार्कीले  सार्वजनिक गरेको बजेटमा मनमोहन प्राविधिक विश्वविद्यालयलाई २१ करोड ३६ लाख विनियोजन भएको छ। विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ भनेँ विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रको लागि समेत बजेट विनियोजन भएको छ ।