विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश भित्र कार्यरत कर्मचारीहरूको लागि प्रोत्साहन खाजा भत्ता दिने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ कोलागि सार्बजनिक गरेको बजेटमा कोशी प्रदेश भित्र कार्यरत कोशी प्रदेश सरकार मातहतका कर्मचारीलाई दैनिक २०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले हाजिरीका आधारमा दैनिक २०० उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।