विराटनगर । मानव अधिकार सञ्जालको संयोजकमा विराटनगरका विनोद पोखरेल चयन भएका छन् । मानव अधिकारकर्मीहरूको विराटनगरमा भएको भेलाले मानव अधिकार सञ्जालको संयोजक र सहसंयोजक चयन गरेको हो । सञ्जाल मोरङको संयोजकमा  पोखरेल र सह संयोजकमा बाग्मता कट्टेल चयन भएका हुन् ।  मानव अधिकारको क्षेत्रमा काम गर्ने  यस सञ्जालको हरेक ३ वर्षमा नेतृत्व परिवर्तन हुँदै आएको छ। साझा संस्थाको रूपमा रहेको यस सञ्जालमा संयोजक र सह संयोजक मात्र रहने व्यवस्था छ  ।Manab adhikar sanjal (1) मानवअधिकारवादीहरू बिच समन्वय, मानव अधिकारको विषयमा बहस, पैरवी तथा छलफल गर्ने उद्देश्य सहित यो  सञ्जालको सुरुवात गरिएको  इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापाले बताए ।  संयोजक पोखरेल माइति नेपाल विराटनगर र सह संयोजक कट्टेल इन्सेकमा कार्यरत मानव अधिकारकर्मी हुन् ।