सुनसरी । ताप्लेजुङको दोभानमा १० बर्षयाताकै भारी बर्षा भएको छ । कोशी र मधेष प्रदेशको मौषम हेर्दै आएको जल तथा मौषम बिज्ञान कार्यलय धरान सुनसरीका अनुसार गयराती दोभानमा १०५ दशमलव ५ मिलिलिटर पानी परेको छ । यो बिगत १० बर्षयताको उच्च भएको कार्यलयका प्रमुख रुद्रबहादुर परियारले बताए ।

यसअघि सन २०१३ जुन ६ तारिखका दिन १११ दशमलव १ मिलिलिटर पानी परेको थियो । यस्तै संखुवासभाको नूममा पाच दिन यता भारी बर्षा भैरहेको मौषम बिज्ञान कार्यलयको भनाई छ । नूममा गयराती १११ दशमदव ४ मिलिलिटर पानी परेको छ । शनिबार ९ मिलिलिटर पानी परेको नूममा शुक्रबार १२३ दशमलव सुन्य र बिहिबार यो बर्षकै उच्च १४२ दशमलव ० मिलिलिटर पानी परेको छ ।

कोशी प्रदेशका अन्य पहाडी जिल्लामा समेत बिगत पांच दिनयता भारी बर्षा भैरहेकोले नदीहरुमा पानीको बहाव बढेको र यो क्रम अझ केही दिन रहने कार्यलयको भनाई छ ।