विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलन गर्दै आएका पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता थप छलफल गर्ने गरि टुङ्गीएको छ । पहिचानको माग गर्दै आएको १ नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति र सरकारको बिच झन्डै ५ घण्टा वार्ता भएको थियो ।  वार्ता सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै सरकार पक्ष र पहिचान पक्षले वार्ता सौहाद्रपुर्ण रुपमा अघि बढेको बताएका छन् ।  उनीहरूले दुवै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको बताएका छन् । 
कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेर वार्ताकोलागि आउन आग्रह गरेसँगै वार्ताको शुरुवात भएको हो ।  कोशी प्रदेश सरकारको वार्ता टोलीमा संयोजक तिलप्रसाद मेन्याङ्बो, सदस्यहरू भक्तिप्रसाद सिटौला र बुद्धिकुमार राजभण्डारी सहभागी थिए भनेँ पहिचानवादीहरूको तर्फबाट वार्ता समितिमा  गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिथक र पदम जवेगु वार्तामा सहभागी थिए । 
विराटनगरको बिग होटलमा बिहान ९ बजेदेखि शुरु भएको  वार्ता   झन्डै ५ घण्टा चलेको थियो । 
वार्ता पछि प्रतियादिँदै सरकारी वार्ता टोलीका संयोजक खानेपानी ऊर्जा तथा सिचाई मन्त्री तिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुनः वार्तामा बस्ने सहमति भएको बताए । 
आन्दोलनरत पक्षका वार्ता टोली सदस्य ग्याल्जे शेर्पाले सरकारसँग वार्ता प्रारम्भ भएको बताए । वार्ताको प्रारम्भ भएकोले अर्को वार्तामा बस्ने र समस्या हल गर्दै अघि बढ्ने सहमति भएको शेर्पाले बताए ।  गत फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि कोशी नामको विरोध भइरहेको  छ । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।