सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीले जिल्लास्थित सरकारी कार्यलयका प्रमुखहरुलाई लेखापढीका नाममा सेवाग्राही ठगिनेक्रम बढेको भन्दै सुधार गर्न निर्देशन दिएको छ ।

जिल्लास्थित सरकारी कार्यलयका प्रमुखहरुको बैठक डाकेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सेवाग्राहीको चाप हुने कार्यलयमा बिचौलियाहरुबाट सेवाग्राही ठगिने गरेको गुनासो आएकाले तत्काल सुधार गर्न निर्देशन दिएकी हुन ।

गत महिना इटहरी स्थित यातायत ब्यवस्था सेवा कार्यलयबाट २२ जना बिचौलिया पक्राउ परेको उल्लेख गर्दै सवारी चालक अनुमतीपत्र कार्यलय, मालपोत, नापी जस्ता कार्यलयको सेवा प्रवाह चुस्त दुरुस्त पार्नुपर्ने बताइन ।

यी कार्यलयमा पनि बिचौलिया हाबी भएको गुनासो बढेकाले प्रशासनले निगरानी बढाएको जानकारी दिइन ।