इटहरी । हरेक बर्ष डुवानको चपेटामा परेर इटहरीमा ठुलो मात्रामा जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भईसकेको अबस्थामा इटहरी उपमहानगर तथा वडाहरुले धमाधम डुवानबाट बच्न कार्यहरू थालेका छन् । विभिन्न वडाहरुले खोला तथा ड्रेन सरसफाईको कार्य थालेका छन् । 

ट्याङ्रा खोलामा आउने वाढिका कारण इटहरी डुव्ने भएकाले गर्दा अहिले ट्याङ्रा खोला सफा गर्ने काम भईरहेको वातावरण तथा विपद् ब्यवस्थापन शाखाका वातावरण ईन्जिनियर युगदिप लुईटेलले जानकारी दिए ।

इटहरी वडा नं ४ ६ ८ ९ १० १३ का विभिन्न स्थानहरुमा खोला तथा ड्रेन सरसफाइको कार्य मनसुन सुरु हुनु भन्दा अघि नै सक्ने हिसाबले काम अघी बढिरहेको लुइटेलले बताए ।  केही हप्ता अघीमात्र  नेपाल आर्मीको  कृष्ण दल गण र इटहरी उपमहानगरपालीकाको संयुक्त आयोजनामा ३ दिने  विपद् प्रकार्य तालिम प्रदान गरीएको थियो । तालिममा  उक्त तालिममा इटहरीका २० वटै वडाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

तालिममा कृष्णदल विशेष गरी  बाढि पहिरो लगायतका विपद् र ति विपद्हरु आईपर्नुका प्राविधीक र मानविय पक्षहरु , ती विपद् आईपरेको खण्डमा कसरी मानविय र भौतिक क्षति हुन नदिने भनेर प्रशिक्षण दिईएको थियो ।  इटहरीमा बाढिका कारण बर्षेनि ठुलो धन जनको क्षति हुने भन्दै त्यसबाट जोगिन विभिन्न सुरक्षा सावधानीहरु अपनाउनु पर्ने, सुरक्षा सावधानी अपनाउदा कस्ता कस्ता कदमहरु चाल्नु पर्छ भनेर प्रशिक्षण दिईएको लुइटेलले बताए ।  युवा तथा स्रोत विकास केन्द्र इटहरी र इटहरी वडा नं ८ को आयोजनामा वडा स्तरीय ३ दिने विपद् प्रतिकार्य प्रशिक्षण प्रदान गरीएको उनले बताए । 

त्यसका अलावा जिल्ला प्रशासन , आर्मी , शशस्त्र सगँ निरन्तर समन्वय भईरहेको साथै खुल्ला स्थानहरुको खोजी तथा विपद् आईपरेको खण्डमा स्कुलहरुको प्रयोग गरीने र दल तथा विभिन्न संघ सस्थाहरुसगँ छलफल तथा समन्वय गरीरहेको लुईटेल बताउछन् ।  तयारीको हिसाबले अघिल्लो बर्षहरुमा भन्दा खासै फरक तयारी नभएको उनले बताए । लुइटेल भन्छन् ूजल तथा मौसम विज्ञान विभागले यो बर्ष अघिल्लो बर्षहरुमा झै सामान्य मनसुन हुने भनेर जानकारी दिएकाले बिभिन्न संघ सस्थाहरु सगँ समन्वय गरेर आईपर्ने विपद्प्रति कार्यको लागि तयारी नै छौ ।  

विपद् आईपरेमा त्यसबाट जन धनको क्षति हुन नदिन विपद् प्रतिकार्यको लागि आवश्यक लाईफ ज्याकेट, रवर , हेन्डसेट सावेल गैति बेल्चा केही मात्रामा इटहरी उपमहानगरपालिका सगँ रहेको र अघिल्लो बर्ष लाईफ ज्याकेट सावेल गैति वेल्चा लगायतका सामाग्रीहरुको सेट बनाएर वडा कार्यलयहरुलाई पठाईएको र विपद् आईपरेको खण्डमा उक्त सामाग्रीहरुको प्रयोग गरेर जनधनको क्षति हुन नदिने योजना रहेको इटहरी वातावरण तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख पुष्प नारायण चौधरीले जानकारी दिए ।