इटहरी । विपन्न तथा सिमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने इटहरीको सेतोगुराँश नमुना विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । नेकपा एकिकृत समाजवादी वडा नम्बर ८ ले विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयका बालबालिकाहरुका लागि खेल्नका लागि फुटबल, भलिवल, व्याटमिन्टन, स्किपिङ डोरी लगायतका खेलकुद सामाग्रीहरु विद्यालयका प्रध्यानाध्यापक लक्ष्मी चौधरीलाई हस्तान्तरण गरिएको हो ।
नेकपा एकिकृत समाजवादी वडा नम्बर ८का अध्यक्ष श्याम तामाङ, सचिव सुमन खड्काको नेतृत्वमा खेलकुद सामाग्री वितरण गरिएको हो । आगामी दिनमा पनि विद्यालय र बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम र सहयोग प्रदान गर्ने वडा सचिव सुमन खड्काले जानकारी दिए ।
