विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन  कोशी प्रदेशको निर्वाचनमा उम्मेद्वारका आकांक्षी शम्भु साहको नेतृत्वले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेको छ । नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन असार ९ गते हुँदैछ । 

उम्मेद्वार शाह नेतृत्वको समुहले आफ्ना १३ बुँदे प्रतिबद्दता पत्र सार्वजनिक गरेको हो । 

अध्यक्ष पदका उम्मेद्वार साहले पेशागत हकहितका साथै नीतिगत सुधार गर्ने, प्राविधिक क्षमता विकास गर्ने मुख्य एजेण्डा सार्वजनिक गरेका छन् ।

 प्रतिवद्दता सार्वजनिक गर्दै साहले फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने बताए । फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने उनले बताए ।

साहको समुहबाट उपाध्यक्षमा विश्वनारायण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिव खड्का, सदस्यहरुमा विजय कार्की, रश्मि अधिकारी र संगीना कुमारी चौधरी रहेका छन् ।

अध्यक्षका उम्मेदवार साह प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको वरिष्ठ फार्मेशी अधिकृत रुपमा कार्यरत रहेका छन् ।

यता, निर्वाचनमा अर्को समुहले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेको छ । अध्यक्ष पदमा बिवेक दाहालले उम्मेदवारी दिएका छन् । 

दाहालको समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिबमा कृष्ण प्रसाद बजगाइ, कोषाध्यक्ष याम प्रसाद चौलागाई, सदस्यहरुमा सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् । 

अध्यक्षका उम्मेदवार दाहाल बीपी प्रतिष्ठान धरानमा फार्मास्टिको रुपमा कार्यरत रहेका छन् ।

 एनपीएकोशी प्रदेशमा करिब सात सय मतदाता रहेका छन् ।