सुनसरी । इटहरी उपमहानगरले ६ लेन सडक बिस्तार क्षेत्राधिकार भित्र पर्ने घर भत्काउन डोजर चलाएको छ । इटहरी उपमहानगर प्रमुख हेमकणर् पौडेल नेतृत्वको टोलीले ठुलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।
रानी-विराटनगर-इटहरी-धरान सडक आयोजना अन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार बिहान दोस्रो पटक डोजर चलाएको हो । यसअघि उपमहानगरले गत माघ महिनामा बिराटनगर लाइनमापर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो । वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए ।
पटक पटक आग्रह गर्दा पनि ९ नम्बर वार्डका केही घरधनीले घर नभत्काएपछी बल प्रयोग गरेर भत्काउन सुरु गरिएको नगरप्रमुख हेमकणर् पौडेलले बताए ।
ती घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ पूणर्रुपमा सडक विस्तार हुन सकेको छैन । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र इटहरी ९ स्थित विराटनगर लाइनमा भने केही स्थानियको अवरोधले सडक बिस्तारको काम बाँकी नै छ ।
नगरप्रमुख पौडेलले सडक क्षेत्रभित्रका संरचनाहरु निरन्तर भत्काउँदै जाने बताए । विकासको काममा विरोध नगरौ भनेर सबै घरवालालाई सम्झाए पनि केहीले समय मागेर पनि अटेर गरेपछी डोजर चलाएको बताए ।