विराटनगर । स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएकी विराटनगरकी पत्रकार जुनु भट्टराईले सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार प्राप्त गरेकी छन् । शारदा सुदर्शन देवकोटा फाउन्डेसनले शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गरी भट्टराइलाई पुरस्कृत गरेको हो । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ छ । कोशी प्रदेशका सभामुख बाबुराम गौतम, कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बो, पूर्वस्वास्थ्यमन्त्री जयराम यादव, फाउन्डेसनका अध्यक्ष तथा कोसी प्रदेशका स्वास्थ्य सचिव सुधादेव देवकोटालगायतले भट्टराईलाई सम्मानसहित पुरस्कार प्रदान गरे ।
यसअघि फाउन्डेसनबाट प्रदान गरिने पुरस्कार पत्रकार सपना पौडेल र पवित्रा सुनुवारलाई प्रदान गरिएको थियो ।