विराटनगर । रिब्दुंग बादेलका पुरीहरूको ऐतिहासिक साझा वंशावलीको विमोचन भएको छ । दशनामीहरुको सर्वोच्च संस्था शङ्कराचार्य मठ पशुपतिका डा. स्वामी केशवानन्द जी महाराजले वंशावली विमोचन गरेका हुन् । 
मैमान मेघु पुरी ( रिब्दुंङ बादेल )  का सन्तानहरूको तथ्याङ्क राख्नको लागि पहिलो पटक वंशावली तयार पारिएको पुस्तक प्रकाशन समितिका संयोजक टीकाराम पुरीले बताए । आफ्ना सन्तान कहाँ कहाँ छन् भन्ने समेत सबैलाई जानकारी हुन छोडेकाले वंशावली प्रकाशन गरिएको पुरीले बताए  । 

ऐसेलु खर्क  वडा नम्बर ५ रिब्दुंग र वडा नम्बर २ बादेलका २ दाजुभाइ  मैमान पुरी २ श्रीमती जोगमाया र मनमाया र मेघु पुरी र रूपमायाको  वंशावली  विमोचन गरिएको हो ।

कार्यक्रम प्रकाशन समितिका सदस्य तथा अधिवक्ता  महेश कुमार पुरीले आफ्नो वंशावली प्रकाशन भएकोमा खुसी व्यक्त गरेका थिए। कार्यक्रममा विश्व हिन्दु महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले शुभकामना दिएका थिए ।