विराटनगर । नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा शम्भु साह निर्वाचित भएका छन् ।  दुई समूह बिच भएको प्रतिस्पर्धामा  साहको प्यानल निर्वाचित भएको हो । साहको प्रतिस्पर्धीमा  विवेक दाहाल थिए ।  ५४६ मत खसेकोमा साहले ३५२ मत प्राप्त गरे भनेँ उनका प्रतिद्वन्द्वी  दाहालले १८३ मत प्राप्त गरे ।  त्यस्तै उपाध्यक्षमा विश्वनारायण (बीएन) चौधरी, सचिवमा दीपेन्द्र खड्का, कोषाध्यक्षमा सञ्जीव खड्का निर्वाचित भएका छन् । सदस्यहरूमा विजय कार्की, रश्मि अधिकारी, सँगिना कुमारी चौधरी  विजयी बने ।  समूहले पेसागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने एजेन्डा  अघि सारेको छ। 
नव निर्वाचित अध्यक्ष  साहले   समग्र फार्मेसी क्षेत्रको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । नेपाल फार्मास्युटिकल एसोसिएसनको पहिलो पटक प्रदेश- प्रदेशमा चुनाव भएर नयाँ कार्यसमितिहरू चयन भएको हो ।