इटहरी । व्यापारीलाई अमानविय तथा दुव्र्यवहार गरेको भन्दै आन्दोलन सुरु गरेपछि इटहरीमा रहेको ग्लोबल आईएमई बैंकमा प्रहरीले सुरक्षा दिएको छ । व्यापारीहरुले बैंक अगाडि आन्दोलन गर्न थालेपछि प्रहरीले सुरक्षा बढाएको हो । 

आईतबार ग्लोबल आईएमई बैंक इटहरीका कर्मचारीले शुभलक्ष्मी ज्वेलर्समा अनधिकृत प्रवेश गरी सामान जफत गर्न खोजेपछि व्यापारीहरु आन्दोलित बनेका हुन । विराटनगर लाईनमा रहेको ज्वेलर्समा बैंकले ऋण भुक्तान नगरेको भन्दै सुनका सामान नै उठाउन खोजेको थियो । 

व्यापारीलाई आतङकित बनाएको भन्दै उद्योग वाणिज्य संघ इटहरीले बजार बन्दको आह्वान गरेको छ । बजार बन्द भएको समयमा व्यापारीहरुले बैंक परिसर अगाडि आन्दोलन गर्न थालेपछि प्रहरीले सुरक्षा दिएको हो । 

आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएको बेला बैंकले अमानवीय र ज्याजतीपुर्ण व्यवहार गरेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । धाकधम्की दिने र असभ्य व्यवहार देखाएको विरोधमा बजार बन्द गर्नुपरेको उनले जानकारी दिएका छन् ।Globe ime bank 1