विराटनगर । कोशी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले श्रष्टा सम्मानका लागि नामावली स्वीकृति गर्ने निर्णय गरेको छ। हरेक बर्ष श्रष्टा सम्मान गर्दै आएको प्रदेश सरकारले यो बर्ष सम्मानित हुने साहित्यकार कलाकारहरुको नाम सार्बजनिक गरेको हो ।
एक लाख राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मान तर्फ बम बहादुर राई (सुनसरी) र सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा डा सोमप्रसाद खतिवडा (मोरङ)लाई सम्मान गर्ने निर्णय भएको हो । बिहीवार बसेको मन्त्री परिषदको बैठकले ५० (पचास) हजार राशीको उत्कृष्ट भाषा, साहित्य,कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (मिश्र बैजयन्ती) भाषा- सहित्य, राधिका गुरागाई (भाषा सहित्य), शंकर चापागाइ ( धनकुटे कान्छा) साहित्य, बसुन्धरा देबी झा ( मैथली संस्कृति)लाई पुरस्कृत गर्ने निर्णय गरेको छ। '
त्यस्तै मिनकुमार श्रेष्ठ ‘नवोदित’लाई (साहित्य), साजन सन्ध्या राई (संगीत-गायन) , संगीता कुमारी यादब (नृत्य- अभियन), गणेश कुमार राई (भाषा सहित्य), लक्ष्मी कुमार सेर्मा ( भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा ( साहित्य), नरपति पाण्डे (भाषा÷साहित्य विधामा पुरस्कृत गर्ने सरकारले निर्णय गरेको हो ।
त्यसैगरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृति तर्फ मिलन नेपाली ( रंगकर्मी-नाटक) , युमन खालिङ राई (मनुहाङ किराती) किराती साहित्य, मनिषा आचार्य ( साहित्य), विमला राई (केयरलेस) भाषा÷साहित्य र पुरुषोत्तम नेपाली लाई (गितकार) विधामा सम्मान गर्ने निर्णय गरिएको छ ।
प्रदेश सरकारले मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदनलाई छलफलका लागि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।