विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेकपा एमाले संसदीय दलको तर्फबाट लिखित पत्र पठाउँदै विपक्षमा रहेका दलहरूलाई विश्वासको मत मागेका छन् । एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको तेस्रो अधिवेशन सुरु हुनुभन्दा अगाडि प्रदेश संरचनाको स्थायित्वका लागु आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिनु आग्रह गरेका हुन् । उनले दलहरूलाई विश्वासको मत माग्न पठाएको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पुरा गर्नका निम्ति पटक पटक सरकार परिवर्तन
भइरहने घटनाले आम नागरिकमा सङ्घीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख छ । पत्रमा पाँच वर्षसम्म सरकार सञ्चालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको उल्लेख गरेका छन् ।