विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन सुरु भएको छ। गत असार ३१ गते कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि अन्त्य भएको कोशी प्रदेशको प्रदेश सभाको बैठक दिउँसो २ बजेर ४५ मिनेटमा सुरु भएको हो । दोस्रो प्रदेश सभाको बैठकमा ६ वटा मात्र बैठक बसेर अन्त्य भएको प्रदेश सभाको बैठक सुरु भएको हो । पहिलो बैठकमा कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आर्थिक अध्यादेश र प्रदेश बिनियोजन अध्यादेश प्रदेश सभामा पेस भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही अध्यादेशहरू प्रदेश सभामा पेस गरेका हुन् । दुई वटा अध्यादेश प्रदेश सभामा पेस गरेका छन् ।