सुनसरी । कृषी ज्ञानकेन्द्र सुनसरीले इनरुवा र बराहक्षेत्रका बिभिन्न कृषक समुहमा आवद्ध किसानहरुलाई आधुनिक कृषि खेतीका लागि ५० प्रतिशत अनुदानमा ६० लाख ४० हजार मुल्यको आवश्यक मेसिनरी औजार वितरण गरेको छ ।

केन्द्रले धानबाली प्रर्वद्धन कार्यक्रम अन्र्तगत सहकारी मार्फत समुहमा आवद्ध भएका किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर, थ्रेशर सहितका मेसिनरी औजार वितरण गरेको हो ।

बिभिन्न स्थानिय तहका किसानलाई आधुनिक कृषि खेतीतर्फ आर्कषित गर्नका लागि व्यवसायीकता तर्फ लैजान र कृषि कार्यक्रम प्रभावकारी रुपमा लागु गर्नका लागि शनिबार इनरुवाको राधाकृष्ण बहुमुखी सहकारीलाई ३० लाख २० हजार र बराहक्षेत्रको एक सहकारीमा आबद्ध कृषकलाई पनि ३० लाख २० हजारको उक्त सामाग्री बितरण गरिएको केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।

किसानको माग र आवश्यकताका आधारमा आधुनिक कृषि प्रणालीलाई अपनाउँदै कृषि औजार उपकरण, सिप तालिम प्रदानलगायतका सहयोग उपलब्ध गराउदै स्वरोजगार सृजना गरि आत्मनिर्भर बनाउने काममा केन्द्रले अझै सहयोग गर्नुपर्ने सहभागी कृषकले बताए ।