विराटनगर । नयाँ गठबन्धनसँग मिसिएर राप्रपा कोशी प्रदेश सरकारमा जाने य नजाने विषयको छिनोफानो गठबन्धनको रणनीति र योजनाका आधारमा निर्णय गर्ने राप्रपाले जनाएको छ । राप्रपालाई पाच्य हुने योजना र रणनीति लिएर आएर स्थिरताका लागि राप्रपा गठबन्धनमा सहभागी हुन सक्ने जनाएको छ । अहिले सम्म बजारु हल्ला र उचल्ती कुरा मात्रै आएकाले अहिले नै राप्रपा एमालेको साथ छाडेर गठबन्धनमा सामेल नहुने राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।
उनले भने, हामी अहिले नै यसै गर्छौ भन्ने अवस्थामा छैनौ । गठबन्धनको प्लान र योजना त आउनु पर्यो नि रु उनले फेरिएको परिस्थितिका बारेमा एमालेको पनि आधिकारिक धारणा पर्खिएर बसेको बताए । उनले भने हामी प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भन्ने चाहन्छौ, यसका लागि हामी सवैसँग खुल्ला छौ । उनले, राप्रपासँग गठबन्धनको औपचारिक कुरा नभएको बताए । साथीहरू ४ वटा पार्टीबाट एक एक वर्षका लागि मुख्यमन्त्री बनौँ भन्दै हुनुहुन्छ । राप्रपा यस्ता कुराको पछि लाग्दैन । यो बजारु हल्ला मात्रै हो । उनले भने, यसरी भागबन्डा गरेर मुख्यमन्त्री बन्ने दौडमा आफू छैन । म लामो समयको लागि राजनीति गरेर लामै समय राजनीतिमा रहन आएको हो । मुख्यमन्त्री पाउँदैमा सरकारमा नजाने उनले बताए ।
उनले प्रदेशमा फेरिएको राजनीतिक अवस्थाका विषयमा पार्टी अध्यक्ष राजेन्द्र लिंदेनसँग छलफल भएको र समन्वय र सहकार्य गर्ने अधिकार अध्यक्षलाई दिएको बताए । संसदीय दल र प्रदेश कमिटीका पदाधिकारी सहित अध्यक्षसँग बैठक बसेको उनले जानकारी दिए । सबै कुराको निर्णय केन्द्रले नै गर्ने चलन हाम्रो पार्टीमा पनि छ उनले भने, फेरिएको परिस्थितिको विश्लेषण गरी निर्णयमा पुग्न पार्टी अध्यक्षलाई जिम्मेवारी सुम्पेका छौ ।