विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरअन्तर्गतका महाशाखा र शाखाहरूको अनुगमन गरेका छन्  ।  मेयर कोइरालाले सेवाग्राहीको बढी चाप हुने शाखा र महाशाखाको अनुगमन गरी कार्य प्रगति र सेवा प्रवाहका विषयमा जानकारी लिए । उनले  घर नक्सा, योजना, स्वास्थ्य र विद्युत् महाशाखा र शाखाको अनुगमन गरेका हुन् ।  उनले सेवाग्राहीका समस्यासहित महाशाखा र शाखाबाट प्रवाह भइरहेका सेवाका विषयमा जानकारी लिएका थिए । सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न शाखा र महाशाखा प्रमुखसहित कर्मचारीहरूलाई मेयर कोइरालाले निर्देशनसमेत दिए । सो क्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल र ७ का अध्यक्ष मधुबाबु तिवारीको समेत सहभागी थिए ।
सेवाग्राहीहरूले विगतमा भन्दा महानगरबाट सहज रूपमा सेवा प्राप्त भइरहेको प्रतिक्रिया दिएका थिए । घर नक्सा शाखामा भेटिएका विराटनगर–४ की शकुन्तला बस्नेतले महानगरबाट सेवा लिनका लागि विगतमा जस्तो झन्झट नहुने गरेको बताए ।