विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले सरकार गठनका विषयमा आफूलाई दलको सदस्यको रूपमा जोड्न मिल्ने की नमिल्ने भन्ने विषयमा कानुनी सल्लाह गर्न बाँकी रहेको बताएका छन् । सभामुख भएसँगै आफूले दलको सदस्यता त्यागिसकेकाले दलले के गर्छ भन्ने कुरा आफूलाई थाहा नहुने बताए ।
म सभामुख भएसँगै म आफू आबद्ध भएको दलको संसदीय दलको बैठकमा गएको छैन उनले भने,‘ दलले पनि मसँग सल्लाह गरेको छैन के गर्छ त्यसपछि म कानुनी सल्लाह गरेर निर्णय लिन्छु ।’ सभामुख गौतमले सरकार गठनका विषयमा प्रदेश प्रमुखकामा दलहरूले सभामुख सहितको सङ्ख्या दाबी गरेर जान्छन् की जाँदैनन् त्यो दलहरूको कुरा भएको बताए । अहिले सम्म यस विषयमा मलाई आफू आबद्ध रहेको दलले पनि सल्लाह र छलफल गरेको छैन ।
यो मेरो बिषय होइन मेरो बिषय आएपछि म कानुनी सल्लाह गरेर भन्ने नै छु । उनी माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएका हुन् । ओखलढुङ्गा १ ९२ ० बाट माओवादीका तर्फबाट निर्वाचन लडी विजयी भएका हुन् । उनी विजयी भएसँगै कोशी प्रदेश सभामा सभामुख भएका हुन् । कोशी प्रदेश सभामा उनी सहित माओवादीको १३ सदस्य रहेको थियो । उनी सभामुख भएसँगै अहिले माओवादी सांसद १२ हुने की १३ हुने विवाद हुँदै आएको छ ।
पहिला पहिला दलहरूले सभामुख सहित सङ्ख्या बुझाउने प्रचलन रहेछ, सभामुख गौतमले भने, त्यो बेला सङ्ख्याका कारणलाई सभामुख समेत सङ्ख्या बुझाउँदा चासो भएन अहिले चासो भएको छ । यही चासोका कारण म कानुनी सल्लाह गरी उपयुक्त निर्णयमा पुग्ने छु ।
उनले सरकार गठनको बिषय आफ्नो क्षेत्राधिकार र चासोको विषयमा नभएको स्पष्ट पारे । उनले कोशी प्रदेश सभमा सभामुखको सङ्ख्या गन्न मिल्ने की नमिल्ने भन्ने सबैको चासो रहेको बताए ।
गठबन्धन दलसँग सभामुख बाहेक ४६ सदस्य रहेका छन् । त्यो मध्ये गठबन्धनमै रहेको जसपाले सरकार गठनमा सहयोग गर्ने की तटस्थ बस्ने भन्ने निर्णय गरिसकेको छैन । उसले प्रदेशको नाम फेर्ने विषयमा गठबन्धन दलसँग पनि लिखत प्रतिबद्धता माग गरेको छ । हिक्मत कार्की नेतृत्वको सरकार असार १५ गते शुक्रवार विश्वासको मत पाउन सकेन । विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार काम चलाऊ सरकारमा परिणत भएको छ । प्र
देश प्रमुख परशुराम खापुङ्गले असार संबिधनको धार १६८९ २ ० अन्तरगत १७ गते साँझ ५ दिनको समय दिँदै सरकार गठनका लागि आव्हान गरेका छन् ।