सुनसरी । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछी इटहरी तनावग्रस्त बनेको छ । मंगलबार दिउसो इटहरीको मुख्य चौकमा आमा छोरी सवार स्कुटरलाई टिपरले टक्कर दिएको थियो ।

कान्छाराम कन्टक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ बर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्य र उनकी छोरी २२ बर्षीय अनुष्का घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

घटना पश्चात प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुदा स्थिती तनावग्रस्त भएको हो । टाफिक लाईट जडान भएको इटहरी मुख्य गोलो चौकमा टिपरको ठक्करबाट ती महिलाको मृत्यु भएपछी प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबीच भएको झडपमा ९ जना प्रहरी घाईते भएका छन ।

घाईते हुनेमा तीन जना शसस्त्र सहित ९ जना प्रहरी रहेको र उनीहरुको इटहरी अस्पतालमा उपचार भैरहेको ढकालले बताए ।

तनावग्रस्त स्थिती नियन्त्रणमा लिन साढे तीन घण्टा बढी समय खर्चिएको प्रहरीले आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।