सुनसरी । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट घाइते युवतीको पनि मृत्यु भएको छ ।

उनको आमाको हिजै मंगलबार घटनास्थलमै मृत्यु भएको थियो । मंगलबार दिउसो इटहरीको मुख्य चौकमा आमाछोरी सवार स्कुटरलाई टिपरले टक्कर दिएको थियो ।

कान्छाराम कन्टक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ बर्षीय सरिता चौधरी र उनकी छोरी २२ बर्षीय अनुष्काको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट आमा सरिताको घटनास्थलमै र छोरी अनुष्काको बिराटनगरमा मंगलबार राती उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

घटना पश्चात प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुदा हिजो सांझसम्म स्थिती तनावग्रस्त भएको थियो ।

टाफिक लाईट जडान भएको इटहरी मुख्य गोलो चौकमा टिपरको ठक्करबाट ती महिलाको मृत्यु भएपछी प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबीच भएको झडपमा ९ जना प्रहरी घाईते भएका छन ।

तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।