गुरु ढकाल
कोशी प्रदेशको सोलुखुम्बु जिल्ला पर्यटकीय हिसाबले संसारमै प्रसिद्ध छ । यही जिल्लामा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पर्दछ । सगरमाथासँगै यहाँ अन्य हिमालहरू पनि छन् ।
हिमाल आरोहण गर्न बाहेक हिमाली सस्कृती, परम्परा र सम्पदा अवलोकन गर्न चाहानेहरुकालागि सोलुखुम्बु जिल्ला उत्कृष्ट गन्तव्य हो । यहाँ हिमालहरू बाहेक धार्मिक तथा पर्यटकीय स्थलहरू प्रशस्त छन् । यही मध्येको प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो चिवाङ् गोन्पा । वौद्ध धर्मावलम्बीहरु यसलाई चिवाङ् छ्याङ्छुप छ्योलिङ् गोन्पा भनेर आस्थाका साथ पूजा आजा गर्ने गर्छन् ।
आम सर्वसाधारण भने चिवांङ् गुम्बाका नामले चिन्ने गर्छन् । यहाँ बौद्ध धर्मावलम्बी मात्रै होइन पूजा आराधना गर्न अन्य धर्म र समुदायका मानिसहरू समेत आउने गर्दछन् । यहाँबाट प्राकृतिक सौन्दर्यको अवलोकन गरेर समेत आनन्द लिन सकिन्छ ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी बजारबाट केही माथि गएपछि पुगिन्छ फाप्लु विमान स्थल ।
चिवाङ् गुम्बाको निर्माण विक्रम सम्वत १९८० सालमा भएको हो । यो गुम्बाको निर्माण साङ्गे तेन्पा लामाले गरेका हुन् ।