विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ विवादमा तानिँदै गएका छन् । नेपालको संबिधानको धारा १६८को उपधारा २ बमोजिम २०७९ पौष २४ गते हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई नियूक्त गरेका खापुङले फेरी संविधानको १६८ (२) मा टेकेर आजै सरकारको मुख्यमन्त्री नियूक्त गर्ने तयारीमा छन् ।

२०८० असार १५ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नकालागि मुख्यमन्त्री कार्कीले पेश गरेको प्रस्ताव अस्वकिृत भएपछिको अबस्थामा प्रदेश प्रमुखले असार १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनकालागि असार २१ गते साँझ ५ बजेसम्मलाई आब्हान गरेका छन् । प्रदेश प्रमुख खापुङले हिक्मत कुमार कार्कीलाई पनि नेपालको संबिधानको धारा १६८(२) अनुसार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । फेरी त्यही धारा दोहोर्याउने काम भएको आरोप संविधान विदहरुले लगाएका छन् ।

नेकपा एमाले संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकारको हैसियतले विश्वासको मत लिएको उल्लेख गरेको छ। ‘मैले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४६ मत प्राप्त गरेको तथ्य स्पष्ट नै छ, दलका नेता कार्कीले बुझाएको ध्यानाकर्षण भनिएको छ, यो संख्या बाहेक माननीय सभाुमखलाई गणना नगर्दा नयाँ सरकार गठनकालागि मौजुदा प्रदेश सभा सदस्यको संख्याको बहुमत संख्या अर्थात ४७ नपुग्ने अबस्था देखिको तर माननीय सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्नको सम्भावना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

नेकपा एमालेले सभामुखलाई विवादमा पार्ने प्रयास भएको समेत प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको छ। सभामुख बाबुराम गौतमले पुष २८ गते प्रदेश सभाको बैठकमा सभामुखको आशनबाट ‘मैले निष्पक्षताकोे पदमा आशिन हँुदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भुमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु,’ भन्ने घोषणा गरे बमोजिम उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय दलको सदस्यता परित्याग गरेको कुरा विवाद रहित रहेको एमालेले प्रमुख प्रमुखलाई बुझाएको ध्यानाकर्षणमा भनिएको छ ।

एमालेले सभामुख पदमा आशिन ब्यक्ति निष्पक्ष र तठस्थ भुमिकामा रहने हुँदा कुनै पनि निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पु¥याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनकालागि दावी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि प्रदेश प्रमुखलाई एमालेले आग्रह गरेको हो ।

आजै विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको प्रस्ताव सहित प्रदेश प्रमुखकोमा दावी पेश गर्ने तयारी गरेका छन् । सरकार गठनकोलागि दाबी पेश गर्ने तयारी गर्दै गर्दा नेकपा एमालेले कोशी प्रदेशका सभामुखलाई विवादमा नल्याउन आग्रह गरेको छ । विपक्षी गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार बनाउन बहुमत पु¥याउने तयारी गरेका छन् । यस्तो अबस्थामा कोशी प्रदेशका प्रमुख खापुङ समेत विवादमा तानिने भएका छन् ।