विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका छन् । एमालेका हिम्मत कार्की नेतृत्वको सरकार ढलेपछि गठबन्धनबाट कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख गौतमले हस्ताक्षर गरेका हुन् ।
माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सभामुख भएपछि दलको सदस्यता परित्याग गरेका थिए । सभामुखको भूमिकामा रहेका गौतमले सरकार गठनको लागि प्रदेशसभा सदस्यको हैसियतले हस्ताक्षर गरेका हुन् । सभामुख गौतमसहित कांग्रेसका थापा, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाका निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।
सभामुखसहितको हस्ताक्षरमा संविधानको धार १६८ ९२० अन्तरगत प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन् । कांग्रेसका २९ माओवादी केन्द्रका १३ एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुखलाई पनि गणना गरेर थापाको पक्षमा ४७ सांसदहरुले दाबी पेश गरेका थिए । विपक्षमा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । पक्ष र विपक्षमा ४६र४६ सांसद भएपछि सभामुखले पनि हस्ताक्षर गरेका हुन् । तर, सरकार गठनमा सभामुखले हस्ताक्षर गर्नु संविधान विपरीत भएको आरोप लागेको छ ।