विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्न परेको रिट माथिको सुनुवाइ आइतबार नहुने भएको छ ।
न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।
डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।
त शुक्रवार एमालेले थापाको नियुक्ती संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । प्रदेशमा असंवैधानिक तरिकाले सभामुख बाबुराम गौतमलाई हस्ताक्षर गराएर गठबन्धनले दाबी पेस गर्दा प्रदेश प्रमुखले काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त निर्णय विरुद्ध एमालेले रिट दायर गरेको हो ।
एमालेले नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खा पुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर रिट दायर गरेको छ ।
एमालेले रटिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।
एमालेको तर्फबाट वरिष्ठ अधवित्ता शम्भु थापा, डा। भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, डा। सूर्य भण्डारी र बाबुराम दाहालले बहस गर्न भएका छन् ।