विराटनगर । झापाको दमकबाट ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।  लागुऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउन सुगर फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २० बर्षीय शैलेश कुमार मगर, २३ बर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदन बहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगर छन् ।  पक्राउ परेकाहरुको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।