इटहरी । संसारकै होचो उपत्यका हो अरुण उपत्यका । समुन्द्र सतहबाट ४७५ मिटरको उचाइमा रहेको अरुण उपत्यका जैविक विविधताले भरिपूर्ण छ । सङ्खुवासभा जिल्लामा पर्ने अरुण उपत्यका अरुण नदीको किनारमा अवस्थित छ ।   अरुण उपत्यकामा रहेको तुम्लिङ्टार बजारबाट उत्तर पश्चिम लागेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुग्न सकिन्छ । यातायातको दृष्टिकोणले हवाई मार्गबाट काठमाडौँ र सडक यातायातबाट कोशी राजमार्गसँग जोडिएकाले भारत काठमाण्डौबाट समेत धर्मावलम्बी बर्षैनी दर्शन गर्न आउने क्रम बढिरहेको छ ।
मनकामना मन्दिर प्रसिद्ध शक्ति पीठ मध्येको एक हो । मनकामना मन्दिरलाई सतीदेवीको अङ्ग पतन भएको स्थानको रूपमा लिइन्छ । सत्ययुगमा सतीदेवीले देह त्याग गरेपछि महादेव विक्षिप्त भई उनको मृत शरीर बोकेर हिँडेको र यहाँ आएपछि (मन) मुटु पतन भएको किवंदन्तीहरु सुन्न पाइन्छ ।
महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा विभिन्न स्थानमा अङ्गहरू पतन हुन थाले । धरानको दन्त कालीमा दाँत, सङ्खुवासभाको चैनपुरमा आँखा र अरुण उपत्यकाको तुम्लिङटारमा पुगेपछि मन पतन भएको जन विश्वास छ । मन पतन भएको स्थानमा देवीको उत्पत्ति भएको भन्दै यहाँ आस्थाका साथ पूजा आराधना गर्ने गरिन्छ । कसै कसैले मनकामनामा सतीदेवीको मस्तिष्क पतन भएको भनेर समेत भन्ने गर्छन् । कुनै आधिकारिक प्रमाण नभेटिए पनि परापूर्व कालदेखि चलिआएको जनश्रुति र किंवदन्तीका आधारमा देवीको उत्पत्ति भएको स्थानको रूपमा विश्वास गर्दै यहाँ पूजा आराधना हुने गर्दछ । 
यो क्षेत्र धार्मिक र ऐतिहासिक स्थल भएकाले मनकामनामा गुरुकुल समेत स्थापना भएको छ । गुरुकुलमा विभिन्न जिल्लाबाट आएर विद्यार्थीहरू शिक्षा आर्जन गरिरहेका छन् । 
तश्विरहरु गुरु ढकाल 
DSC_2162

manakamana2

manakamana 3
manakamana 6

manakamana 8

manakamana 1