इटहरी । राती देखी परेको अविरल बर्षा पछि इटहरीको खनार क्षेत्र डुबानमा परेको छ ।  

टेङ्ग्रा खोलाको पानी ओभर फ्लो भएर मुख्य राजमार्गबाट बग्न थालेपछि खनार क्षेत्र डुबानमा परेको हो । 

खोला वारपार गर्न विभिन्न ठाउँमा बनाईएका साना पुलका कारण खोला ब्लक भएको छ । खोलाले बगाएर ल्याएका जलकुभ्मी,रुखपात तथा अन्य फोहोरका कारण खोला ब्लक भएको छ । 

ब्लक भएको ठाउँमा इटहरी उपमहानगरले जेसिबी मार्फत खोल्ने प्रयास जारी रहेको छ । 

टेङ्ग्रा खोला कोशी राजमार्गबाट बग्न थालेपछि उत्तर दक्षिण कोशी राजमार्गमा यातायात सञ्चालनमा कठिनाई उत्पन्न भएको छ । 

मुख्य राजमार्गमा खोला बग्न थालेपछि सवारी साधानहरु आवात जावत गर्न समस्या भएको छ । मोटरसाईकल, चार चक्के तथा ठुला सवारी साधनहरु सञ्चालन गर्न समस्या भएको छ । 

khanar _ Duban  (3)

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरु पनि डुबानमा परेका छन् । खनारमा रहेको रिलायन्स स्पिनिङ मिल क्षेत्र पनि डुबानमा परेको छ । 

khanar _ Duban  (4)

यस्तै इटहरीको लविपुर क्षेत्र पनि डुबानमा परेको छ । सडक र गाउँमा पानी पसेको हो ।  

इटहरीका अन्य स्थानमा पनि बर्षाका कारण डुबानमा परेका छन् । लगातारको भारी बर्षाले स्थानिय खोला तथा पैनीमा पानीको सतह बढि भएर गाउँमा पसेपछि डुबान भएको हो ।

khanar _ Duban  (2)